राजनीति

प्रहरीको कुटाइबाट पत्रकार महासंघ शाखा अध्यक्ष गम्भीर घाइते



काठमाडौँ, २२ असार । प्रहरीको कुटाइबाट नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) गम्भीर घाइते भएका छन् ।

गएराति पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष कार्कीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत दुई प्रहरीले कुटपिट गर्दा टाउकोमा गम्भीर चोट लागेको र सिन्धुलीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

शाखाका पूर्वअध्यक्ष मीनकुमार दाहालले होटलमा बसिरहेका आफूहरुको भिडियो प्रहरी हवल्दार सनमसिंह लामा र प्रहरी जवान विकास स्याङतानले खिच्न थालेपछि त्यसो नगर्न आग्रह गरिएलगत्तै कुटपिटमा उत्रिएको बताए ।

नेपाल पत्रकार महासङ्घले घटनाको विरोध गर्दै घाइतेको उपचार र दोषीलाई कानूनी कारवाही गर्न माग गरेको छ । दुवै प्रहरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरेर दोषी भए कारवाही गर्ने बताइएको छ  ।