समाचार

करेन्ट लागेर एक महिलाको मृत्यु



धनुषा, २२ असार । धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

शनिबार राति धनुषाधाम नगरपालिका–१ काशीपुरमा विद्युतीय मोटर चलाउन क्रममा करेन्ट लागेर २८ वर्षीया विमलादेवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा लगीएको प्रहरीले जनाएको छ ।