राजनीति

सरकारको खुट्टामा भ्वाङ परेको हैन, हेर्ने दृष्टिकोणमा चाँही भ्वाङ पर्यो : सभापति पाल



काठमाडौँ, २२ असार । संघिय संसद महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारको खुट्टामा भ्वाङ परेको नभई सरकारलाई हेर्ने विपक्षी दलको दृष्टिकोणमा चाँही भ्वाङ परेको बताउनुभएको छ ।

प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले आजको शून्य समयमा बोल्दै सरकार राष्ट्रबाद देखियो, घुँडामा कत्रो भ्वाङ छ ? भन्ने प्रश्नको प्रतिवाद गर्दै सभापति पालले सरकारको खुट्टामा भ्वाङ परेको नभई सरकारलाई हेर्ने विपक्षी दलको दृष्टिकोणमा चाँही भ्वाङ परेको बताउनुभएको छ ।

आज संसदको विशेष समयमा बोल्दै सभापति तथा नेकपाको प्रभावशाली युवा नेतृ पालले सरकारले देश र जनताको हितमा काम गरिरहेको बताउँदै आगामी दिनमा अझ बढी विस्वसनिय तथा प्रभावकारी ढंगले जनमूखी काम गर्दै जानेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले विषादी परिक्षण गर्न सरकारले केही समय रोकी व्यवस्थित तवरले अघि बढ्ने योजना बनाएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

सरकारले भारतबाट आउने गरेको तरकारी तथा फलफुल ९० प्रतिशतभन्दा बढीमा विषादीयुक्त आउने गरेको तथ्य पत्ता लगाएको र परिक्षण गर्ने प्रविधिको अभावका कारण केही समयलाई सिमा नाकामा परिक्षण गर्ने कार्य रोकेको बताउँदै भारतबाट आउने मात्र नभई नेपालमा नै उत्पादन हुने विषाधिजन्य तरकारी तथा फलफुल परिक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘भारतबाट आउने फलफूल तरकारी हिजो पनि आउँथ्यो, आज मात्र आएको हैन, विगतको सरकारको पालामा पनि आउँथे । बरु यो सरकारले विषदी हुन्छ भन्ने कुरा पत्ता लगायो । पर्यात्प जाँच गर्ने साधन नभएकाले जाँच रोकिएको भन्ने बुझेको छु । छिटो जाँच गर्ने व्यवस्था गरेर मात्र यस्ता बस्तु भित्र्याईयोस भन्ने माग गर्दछु । यो सररकार कसैले खुट्टामा भ्वाङ पर्यो भन्दैमा लड्खडाउने सरकार हैन, भारतबाट आउने तरकारी र फलफूलमा विषदी रहेको कुरा यही सरकारले पत्ता लगाइएको हो । स्वदेशमा पनि विषदीयुक्त उत्पादन भएका रहेछन् भने रोक लगाईयोस ।’

उहाँले विषादीयुक्त सागपात तथा फलफुल नखान आग्रह गर्दै उहाँले भन्नुभयो, बरु दालभात वा दुध भात मात्र खाऔं र स्वस्थ्य जीवन विताऔं ।