Banner News

रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर बनाउन श्रमिक ऐन : मन्त्री विष्ट



काठमाडौँ, २३ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारदाता र श्रमिकको सम्बन्ध सुमधुर बनाउन श्रमिक ऐन लागू गरिएको बताएका छन ।

आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री विष्टले आन्तरिक रोजगारको पूर्ण रुपमा व्यवस्था नभएको अवस्थासम्म वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई ध्यानमा राखेर रोजगारदाता देशहरुसँग छलफल र श्रम समझदारी गरेको बताएका छन ।

रोजगारीका सम्भावनाहरुलाई फराकिलो बनाउदै रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको बताउदै उनले भने ७१ वटा नयाँ निर्णय र कामका साथ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको र निश्पक्ष ढङ्गबार रोजगार संयोजको छनौट गरी प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भइसकेको बताए ।

उनले ७ सय ५३ वटै स्थानीय तहमा निश्चित मापदण्डका आधारमा कार्यक्रमहरु पठाइएको र एक लाख भन्दा बढी जनशक्तिले रोजगारी प्राप्त गरेको दाबी गरेका छन ।a