भक्तपुर, २३ असार । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले त्रिभुवन विश्व विद्यालय अन्तरगत सानो थिमी क्याम्पस भक्तपुरका क्याम्पस प्रमुख रामचन्द्र घिमिरेलाई संगठनको सल्लाहकारबाट हटाउएको छ ।
समितिको ३० औँ बैठकले सङ्गठनका सल्लाहकार समेत रहनुभएका क्याम्पस प्रमुख घिमिरेलाई सङ्गठन कारवाही गरेको विज्ञप्ती मार्फत जनाएको छ। विज्ञप्तीमा भनिएको छ, ‘संगठनले पटक पटक दिएका निर्देशनहरु उल्लङ्घन गर्दै सङ्गठनको मूल्य, मान्यता र निर्देशन विपरीत सङ्गठनकै अस्तित्वमा आँच पु¥याउने गरी क्याम्पसमा भ्रष्टचार तथा गम्भीर पदीय दुरुपयोग गरी सङ्गठनलाई तहसनहस बनाउने, प्रशासनको दुरुपयोग गरी सङ्गठनलाई बद्नाम गराउने, सङ्ठनप्रति वितृष्णा जगाउने कार्य गरेकाले यस सङ्गठनको विधान २०६६ बमोजिम तपाइँलाई किन कारबाही नगर्ने भनी लिखित स्पष्टीकरण मागिएको तर उनले निर्देशन विपरीत आलटाल गर्ने शैलीमा असान्दर्धिक र अमर्यादित रुपले निवेदन दिएर आलटाल गरेकाले एकाइको ३१ औँ बैठकले नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको विधान २०६६ को परिच्छेद ७ को दफा १० अनुसार उनलाई यस समितिको सल्लाहकारबाट हटाउने कारबाहीको निर्णय गर्नुका साथै उनको साधारण सदस्य समेत समाप्त (खारेज) गरिदिन नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन केन्द्रीय समितिमा अनुरोध गर्ने निर्णय गरिएको यसै सूचनाबाट सूचित गरिन्छ ।’











प्रतिक्रिया दिनुहोस्