समाचार

श्रीमतीले बञ्चरो प्रहार गर्दा श्रीमानको मृत्यु



सर्लाही, २३ असार । सर्लाहीमा श्रीमतीले प्रहार गरेको बञ्चरो लागेर श्रीमानको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–१२ कालिन्जोर घर भएका ५४ वर्षीय श्रीमान अम्बरबहादुर परियारको उनैकै श्रीमती ५७ वर्षीया सोनामाया नेपालीले प्रहार गरेको बञ्चरो लागेरे मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । उक्त घटना शनिबार राती कै भएपनि अति विकट चुरे क्षेत्रमा भएकाले प्रहरीले आईतबार दिउसो मात्र पाएको हो ।

प्रहरीले श्रीमानको हत्यामा संलग्न भएको आशंकामा मृतकको पत्नीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।sa