समाचार

देशभर मौसममा बदली : भारी वर्षा हुने



काठमाडौँ, २४ असार । मनसुनी न्यूनचापीय रेखा नेपालतर्फ सर्दै गएकाले मंगलबार पनि देशका अधिकांश भूभागमा भू–भागमा सामान्यदेखि पूर्ण बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार राति पनि देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।

मंगलबार देशका धेरैजसो भूभागमा दिनभर नै पानी पर्ने र रोकिने क्रम चलिरहने मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँले भन्नुभयो ‘पश्चिमका धेरैजसो भूभाग र तराईका केही ठाउँमा मंगलबार ठूलो पानी पर्ने सम्भावना छ ।’ यो क्रम अझै केही दिन चल्ने मौसमविदहरुको अनुमान छ ।