काठमाडौं, २४ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर रहेको बताएका छन ।
मंगलबार मन्त्रिपरिषदको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बाँस्कोटाले नेपालको प्राविधिक क्षमता र देशभित्रको उत्पादन क्षमता वृद्धि गर्नेतर्फ लाग्ने साथै देश हितको पक्षमा गम्भीर हुने बताए ।
उनले तरकारीमा विषादी परीक्षणको विषयमा प्रविधिको अभावका कारण परीक्षण तत्कालका लागि स्थगित गरिएको र देशको हितमा हुने गरी पुनः केही समयपछि कार्यान्वयन गरिने बताए । मन्त्रीमण्डल फेरबदलमा मन्त्री बाँस्कोटा उक्त विषय प्रधानमन्त्रीको नितान्त विशेषाधिकार भएकाले यस विषयमा कुनै जानकारी नभएको बताए ।










प्रतिक्रिया दिनुहोस्