राजनीति

प्रधानमन्त्री ओलीलाई ‘बायोम्याट्रिक’सहितको राष्ट्रिय परिचयपत्र हस्तान्तरण



काठमाडौँ, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र पाएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमका साथ गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्रीलाई उक्त परिचयपत्र हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्रीका साथै उनकी पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र प्रदान गरिएको छ । विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ ।

राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार वितरण जारी छ ।