सम्पादकीय

नेपालमा बाल यौन दुराचार गर्ने क्यानेडियन पिटरलाई नौ वर्ष जेल



बाल यौन दुराचारको आरोपमा थुनामा रहेका एक क्यानेडियन नागरिकलाई जिल्ला अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । ६१ वर्षीय क्यानेडियन नागरिक पिटर जोन डालल्गिसलाई जिल्ला अदालत काभ्रेले ९ वर्षको जेल सजाय सुनाएको हो ।

विशेष सूचनाको आधारमा २०७४ चैत्र अन्तिम साता काभ्रेपलाञ्चोक, मण्डन देउपुर नगरपालिका १ स्थित चिलकाजी महर्जनको घरबाट पिटर पक्राउ परेका थिए । बन्धक बनाइ राखेका १२ र १४ वर्षका २ नेपाली पीडित बालकलाई समेत प्रहरीले उद्दार गरेको थियो ।

नेपाली बालकलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन दुराचार जस्तो अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरी जिल्ला अदालतमा मुद्दा चलाएको थियो । याे खबर आजकाे नागरिक दैनिकमा छ ।