समाचार

ओखलढुङ्गामा बस दुर्घटना : ३ जनाको मृत्यु, १९ घाइते



ओखलढुङ्गा, २५ असार । ओखलढुङ्गाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा बस दुर्घटना हुँदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

काँकडभिट्टाबाट सोलुखुम्बु तर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । दुर्घटनाका गम्भीर घाइते तिन जनालाई हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ ।

सामान्य घाइतेहरुको उदयपुरको घुर्मी स्थित आस्था र जनसेवा मेडिकलहलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाको थप विवरण आउन बाकिँ छ ।