काठमाडौँ, २५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवकाशप्राप्त कर्मचारीहरुलाई दिइँदै आएको चाडपर्व खर्च कटौती नगर्न माग गरेको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले मंगलबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस संसदीय दलको कार्यालयले सेवा निवृत्त कर्मचारीले पाउँदै आएको चाडपर्व खर्च कटौती नगर्न माग गरेको हो । पूर्वकर्मचारीहरुले लामो समयसम्म राष्ट्र सेवकका रुपमा योगदान पु¥याएकाले चाडपर्व खर्चमा मन खुम्च्याउन नहुने कांग्रेस संसदीय दलको भनाइरहेको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘पेन्सन लिने राष्ट्रसेवक कर्मचारीलाई दिँदै आएको सुविधा कटौती गर्न नेपाली कांग्रेस सहमत छैन । तसर्थ उक्त खर्च कटौती नगर्न सरकार र सम्बन्धित निकायसँग नेपाली कांग्रेस संसदीय दल आग्रह गर्दछ ।’
संघीय निजामती सेवाको प्रस्तावित विधेयकमाथि संसद्को राज्य व्यवस्था समितिमा गत आइतबार भएको छलफलमा अधिकांश सांसद्हरुले सेवा निवृत्त कर्मचारीहरुलाई चाडपर्व भत्ता दिनु उपयुक्त नभएकाले कटौती गर्न प्रस्ताव गरेका थिए । हाल सेवा निवृत्त कर्मचारीलाई चाडपर्व खर्चबापत दशैंमा १ महिना बराबरको तलब दिइँदै आएको छ ।










प्रतिक्रिया दिनुहोस्