समाचार

डुबेर २ जना बालकको मृत्यु



कैलाली, २५ असार । नुहाउने क्रममा पानीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ ।

मंगलबार साँझ भजनी नगरपालिका ६ पगियापसारका ५ वर्षीय हनी बुढा र सोही स्थानका ६ वर्षीय शुसान्त बुढाको नुहाउने क्रममा जमेको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो ।