काठमाडौँ, २६ असार । काठमाडौँको बनस्थलीमा एक पुरुषको शव फेला परेको छ ।
बिहीबार बिहान बनस्थलीस्थित नेपाल विद्युत प्राधिकरणको अतिथि गृहमा नुवाकोटको विदुर नगरपालिका–११ का ६७ वर्षीय चित्र बहादुर प्याकुरेलको शव भेटिएको प्रहरीले जनाएको छ ।
प्याकुरेल विद्युत प्राधिकरणले सञ्चालन गरेको सामुदायिक अतिथि गृहमै बुधबारदेखि बस्दै आएका थिए । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्