काठमाडौँ, २६ असार । नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिनभरि वीपी रातभरी विप्लव हो ? भनि प्रश्न गर्नुभएको छ ।
बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले हिंसा गर्ने विप्लव समूह र हिंसा नगर भन्ने सरकारलाई कांग्रेसले एउटै नजरले हेर्ने हो भने कांग्रेस बेलैमा स्पट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिंसाबारे कांग्रेसको धारणा के हो रु बन्द हुनुपर्छ वा विप्लवजीहरुले गरेको हिंसा बैध हो रु’
मन्त्री बाँँस्कोटाले भोजपुरमा प्रहरी मारिएको स्मरण गर्दै उनले हिंसा आतंकलाई प्रोत्साहित गर्दै जाँदा कहाँ पुगिन्छ भन्ने विगतलाई सम्झिन कांग्रेसलाई गर्नुभयो । उहाँले हिंसाको साहारा लिएर सरकारलाई घेराबन्दी गर्न खोज्छु भन्ने सोचेको हो भने कोही पनि नउम्कने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्