समाचार

खोलामा खसेर एक जनाको मृत्यु



रौतहट, २७ असार । रौतहटका रामपुकार पटेलको खोलामा डुबेर मृत्यु भएको छ ।

रौतहटको इशनाथ नगरपालिका वडा नम्वर ३ औरैयाका ३५ वर्षीय रामपुकार पटेल भारतमा विहारको पूर्वी चम्पारणमा रहेको आफन्तको घरबाट फर्किने क्रममा लाल बकैया नदीको रेल्वे लाइनको पुलमाथिबाट मोटरसाइकलसहित वेपत्ता भएका थिए ।

भारतीय सुरक्षाकर्मीहरुले खोलामा डुवेको अवस्थामा पटेल चढेको बीआर ५५ए४१३८ नम्वरको मोटरसाइकल फेला पारेको र उनी नेपाली नागरिक रहेको पुष्टि भएको भारतीय सुरक्षा अधिकारीले जनाएको छन ।

सुरक्षाकर्मीहरुको निकै प्रयासपछि घटनास्थल भन्दा ४० किलोमिटर दक्षिण बागमती नदीको बेलवाघाट नजिक पटेलको शव फेला पारेका छन । शव बरामद भएपछि मृतकको आफन्तलाई खवर गरिएको तथा शव ल्याउन पहल भइरहेको रौतहट प्रहरीका डीएसपी एवं प्रवक्ता नवीन कार्कीले बताए ।

लगातार रुपमा परेको पानीको कारण रौतहटको लालबकैया तथा बाग्मती नदीको जलस्तर बढेको छ ।