समाचार

कोशीमा पानीको बहाव बढ्यो : उच्च सतर्क रहन आग्रह



मोरङ, २७ असार । तीन दिनदेखिको अविरल वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेसँगै उच्च सतर्क रहन आग्रह गरिएको छ ।

सप्तकोशीमा बिहान ६ बजे पानीको बहाव प्रतिसेकण्ड ९९ हजार ८ सय २० क्युसेक पुगेको कोशीव्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशीव्यारेजका अनुसार पानीको बहाव अघिल्ला दिनको तुलनामा बढी भएको जनाएको छ । नदिमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन ।