सिराहा, २७ असार । सिराहामा १० वर्षीया बालिका बलात्कृत भएकी छन् ।
मिर्चैया प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालका अनुसार पश्चिमवर्ती कल्यणपुरको कमला बगरमा बाख्रा चराउन गएकी १० वर्षीया बालिकालाई सोही ठाउमा भैंसी चराउन गएका ५५ वर्षीय रामबृक्ष साफीले जबर्जस्ती करणी गरेको हो ।
जबरजस्ती करणी आरोपमा कल्याणपुर नगरपालिका ३ का ५५ वर्षीय रामबृक्ष साफीलाई पक्राउ गरी म्याद थप गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पीडित बालिका र साफीको सिरहा जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्