एजेन्सी, २७ असार । चीनमा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको आरोपमा एक ड्राइभरलाई मृत्युदण्ड दिने फैसला गरेको छ ।
लाओनिङ प्रान्तको एक अदालतले हान जिहुवा नाम गरेका अभियुक्तलाई सडक पार गर्ने क्रममा जथाभावी गाडी चलाएर छ जना बालबालिकाको हत्या गरेको भन्दै मृत्युदण्ड दिने फैसला गरेको हो ।
गत वर्ष नोभेम्बर २२ मा ती अभियुक्तले सेडान कार ६० जना केटाकेटीको भिडमा दौडाएका थिए । उक्त घटनामा दुई शिक्षकसहित २० जना घाइते भएका थिए । घटनापछि फरार भएका गाडी चालकलाई प्रहरीले पक्राउ गरेको थियो ।
अदालतले आदेशमा हान जिहुवाले जानाजान बालबालिकामाथि गाडी दौडाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको छ ।
प्रतिक्रिया दिनुहोस्