विश्व

बारुदी सुरुङ बिस्फोट हुदा ७ जनाको मृत्यु



एजेन्सी, २७ असार । सिरियामा बारुदी सुरुङ बिस्फोट हुदा सात जना बालबालिकाको मृत्यु भएको छ ।

डायर अल-जउर प्रान्तको पूर्वमा रहेको डब्लान नगरमा क्त बारुदी सुरुङ आतंकवादी संगठन इस्लामिक स्टेटले बेबारिसे अवस्थामा छाडेको टेलिभिजनले सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

उक्त बारुदी सुरुङ बिस्फोट हुदा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले बताएका छन् ।