विश्व

पाकिस्तानमा रेल दुर्घटना हुदा १० जनाको मृत्यु



एजेन्सी, २७ असार । पाकिस्तानमा दुईवटा रेल एकआपसमा जुधेर दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ भने ६० जना घाइते भएका छन् ।

पाकिस्तानी रेल पंजाब प्रान्तको रहिम यार खानमा लाहोरबाट आइरहेको यात्रुबाहक रेल र चौबाटो ९क्रसिङ० मा रोकिराखेको सामान ढुवानी गर्ने रेल एकआपसमा जुधेका प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ भने घाइतेमध्ये चार जना गम्भीर रहेका छन । पाकिस्तानी रेलमन्त्री शेख रसिद अहमदले घटनाको छानबिन गर्न अनुसन्धान टोली गठन गरिएको जानकारी दिएका छन् ।