समाचार

बागमती नदीमा बाढीले सतर्कता तह पार गर्‍यो, सुरक्षित रहन आग्रह



काठमाडौँ, २७ असार । लगातार पानी परेपछि बागमती नदीमा ठूलो बाढी आएकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान सरकारले अनुरोध गरेको छ ।

शुक्रबार बिहान ३ बजेतिर नै बागमतीमा पानीको सतहले सतर्कता तह पार गरेकाले रौतहट र सर्लाहीका बासिन्दालाई सुरक्षित ठाउँमा जान बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।

शुक्रबार रातु, खाँडु, लालबकैया, गागन, त्रियुगालगायत सबै चुरेबाट बहने खोलामा उच्च भोलिसम्मै सतर्कता अपनाउन अपील गरिएको छ । झापा, मोरङ, सुनसरी तथा चितवनदेखि नवलपरासीसम्म चुरेबाट बहने खोलामा सतर्कताको आवश्यकता रहेको बताइएको छ ।