काठमाडौँ, २८ असार । विहिवारदेखि परेको अविरल वर्षाका कारण खोलानाला बढेपछि सप्तकोशी नदीमा जलसतह बढेसँगै खतराको तहमा पुगेकोे छ ।
सप्तकोसी नदीको चतरामा आज असार २८ गते बिहान ६ बजे जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । कोशीमा पानीको सतह र चाप बढ्दो क्रममा रहेकोले सुनसरी र सप्तरी जिल्लाका नदीतटीय क्षेत्रमा बेलुकीसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यसैगरी बाढी सूचनारपूर्वानुमान शाखाले कमला नदी-धनुषा-तितरिया बाढीमापन केन्द्रमा जलसतह खतरा तहभन्दा ज्यादै माथि पुगेको जनाएको छ । शाखाका अनुसार वर्षा हुने क्रम जारी रहने देखिएकोले आज दिनभरि नै धनुषा तथा सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्र उच्च जोखिममा छ । त्यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
शनिबार पनि वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्