चितवन, २८ असार । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलाबाट ट्रक त्रिशूली नदीमा खसेको छ ।
शुक्रबार राति साढे १ बजे भैरहबाबाट दाना बोकेर काठमाडौँ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । दुर्घटनामा ट्रकका सहचालक दाङ घोराही बस्ने २५ वर्षीय अनिल गुरुङ बेपत्ता भएको तथा चालक ललितपुर बस्ने ४६ वर्षीय माधव थापामगर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्