काठमाडौँ, २८ असार । विहिवारदेखी आएको अविरल वर्षाका कारण हालसम्म देशभरमा २१ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
वर्षाका कारण आएको बाढ़ी पहिरोमा परि आज विहान ६ बजेसम्मको तथ्याङ्क अनुसार वर्षाका कारण २१ जनाको मृत्यु, १० जना घाईते, १० जना बेपत्ता भएको र खोजतलास भइरहेको छ भने ५० जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट सम्पूर्ण जनशक्ति, श्रोत साधन परिचालन गरि उद्धार कार्य जारी रहेको छ ।











प्रतिक्रिया दिनुहोस्