विश्व

आकाशमा जहाज हल्लिएपछि अवतरण, ३५ जना घाइते



एजेन्सी, २८ असार । क्यानडाको भ्यान्कुभरबाट अस्ट्रेलियाको सिड्नीतर्फ उडिरहेको विमानमा अचानक सघन ‘टर्बुलेन्स’ मा परेपछि बिहीवार ३५ जना यात्रु घाइते भएका छन्।

२८४ जना सवार विमान स‌ंयुक्त राज्य अमेरिकाको हवाइमा अवतरण गराइएको थियो । बीबीसीका अनुसार क्लेयर एअर टर्बुलेन्स खासगरि सफा र शान्त आकाशमा अचानक हुन्छ जसको भेउ पाउन सकिँदैन । विभिन्न वेगमा बगिरहेका हावाको जम्काभेट हुँदा यस्तो स्थिति पैदा हुने जनाएको छ ।

दुई यात्रुले स्थानीय टेलिभिजन स्टेशनलाई भने, ‘हामी टर्बुलेन्समा पर्‍यौँ। बेस्कन हल्लिएपछि हामीहरू सबै उचालियौँ र हाम्रो टाउको माथि ठोकियो‘सबै चीज खस्यो, केही मानिस जसले सिटबेल्ट बाँधेका थिएनन्, उनीहरू त एक्कासी उडेको जस्तो भए र तिनको टाउको माथि ठोकिए। निकै डरलाग्दो थियो ।’