विश्व

आत्मघाती आक्रमण हुँदा ७ जनाको मृत्यु



एजेन्सी, २८  असार । सोमालियाको दक्षिणी क्षेत्रमा रहेको एक होटलमा आत्मघाती आक्रमण हुँदा सात जनाको मृत्यु भएको छ ।

आत्मघाती आक्रमणकारीले बिस्फोटक पदार्थसहितको कार किस्मायोमा रहेको एसासी होटलमा बिस्फोट गराएको हो । त्यसपछि बन्दुकधारीले गोली चलाएका थिए । इस्लामिक समूह अल-शबाबले आक्रमणको जिम्मा लिएको छ ।

आक्रमण भएका बेला होटलमा क्षेत्रीय राजनीतिज्ञ र नेताहरु थिए । उनीहरुले आउँदो क्षेत्रीय चुनावका बारेमा छलफल गरिरहेका थिए ।

क्यानडियन-सोमाली टेलिभिजन पत्रकार होडन नालायिहको आक्रमणमा परी मृत्यु भएको जनाइएको छ ।