सम्पादकीय

नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण पस्न थाल्यो उपत्यकामा बाढी



नदी अतिक्रमण र अव्यवस्थित बसोबासका कारण उपत्यकामै पछिल्लो समय डुबानका घटनाले तीब्रता पाएका छन् । जसका कारण काठमाडौँ, ललितपुर र भत्तपुर नै जोखिममा पर्न सक्ने भय वढ्दै गएको छ ।

गत वर्ष हनुमन्ते खोला थुनिँदा भक्तपुर डुबानमा परेको थियो । डुबानले एक अर्ब बराबरको क्षति भएको थियो । बाढी खोलामा यसरी पस्नुको पछाडि भने मानव सिर्जित समस्या नै मुख्य रहेको विपदविद् मधुकर उपाध्याय बताउँछन् ।

मानिसले खोला खोल्सा अतिक्रमण गर्दा यस्तो समस्या सिर्जना भएको उनको भनाई छ । सस्तो भन्दै किनारामा जग्गा किनेर घर बनाउनेहरु उपत्यकामा बाढीको जोखिममा पर्दै गएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।