समाचार

घुससहित तीन जना प्रहरी पक्राउ



काठमाडौँ, २९ असार । काठमाडौँ महानगरीय प्रहरीवृत्त नयाँ बसपार्कमा कार्यरत प्रहरी जवानसहित तीन जनालाई रु एक लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आयोगले शुक्रबार टोखा नगरपालिका–१० बाट सवारी दुर्घटनाको बीमा दाबी पत्र बनाइदिने भन्दै सामूहिकरुपमा एक सेवाग्राहीसँग घुस मागेका प्रहरी जवानत्रय देवेन्द्र बलायर, आकाश खनाल र नेपाल प्रहरी २ नं गणमा कार्यरत नीरज भण्डारीलाई घुससहित पक्राउ गरेको हो ।

उनीहरुलाई शुक्रबार पक्राउ गरिए पनि आज सार्वजनिक गरिएको आयोगले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।