काठमाडौँ, २९ असार । आज आदिकवि भानुभक्त आचार्यको सम्झनामा २०६ औं भानु जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
भानुको सम्झना आज विभिन्न कवि गोष्ठी तथा साहित्यिक कार्यक्रमहरु आयोजना गरी मनाइँदै छ । यसै अवसरमा राष्ट्रकवि माधव घिमिरेलाई “रथारोहणसहितको नागरिक समभिनन्दन” गरिँदै छ ।
विसं १८७१ मा असार २९ गतेका दिन हाल तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्तको जन्म भएको थियो । भानुभक्तले नेपाली भाषामा रामायण लेखेका थिए ।
उनले भावनाको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिब्यक्ति दिएकै आजपर्यन्त अमर छन् । संस्कृत रामायणको नेपाली भावानुवादक रहेका भानुभक्तलाई कवि मोतिराम भट्टले पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए भने उनकै पहलमा भानुको चर्चा चुलिएको हो ।
भानुले प्रश्नोत्तर (वि.सं. १९१०), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा (वि सं १९९०) लगायतका कृतिहरू लेखेका छन् ।










प्रतिक्रिया दिनुहोस्