समाचार

कप्तान पारसले बाढी पहिरो प्रभावितमा समर्पित गरे उपाधि



काठमाडौँ, २९ असार । नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले मलेसियाविरुद्धको टी-२० सिरिजको जित नेपालमा बाढी पहिरोमा ज्यान गुमाएका र प्रभावितहरुमा समर्पित गरेका छन् ।

कप्तान खड्काले सामाजिक सन्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन,  ‘हामीले राम्रो जित पाएका छौँ । सबैको ठूलो योगदान रह्यो । समर्थनका लागि तपाइँहरु सबैलाई धेरै धन्यबाद’,  ‘हाम्रो जित बाढी पहिरोमा ज्यान गुमाएकाहरु र त्यसबाट प्रभावितहरुमा समर्पित गर्दछौँ । जय नेपाल ।’