सम्पादकीय

विपद् व्यवस्थापनका नाममा ५ वर्षमा आईएनजीओको २५ अर्ब खर्च



 विपद् व्यवस्थापनका नाममा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)हरूले विगत ५ वर्षमा २५ अर्बभन्दा बढी खर्च गरेका भए पनि विपद्को जोखिम भने घट्नुको साटो बढ्दै जान थालेको छ ।

गैससले गर्ने खर्चको प्रभावकारी रूपमा अनुगमन हुन नसक्दा विपपद्का नाममा भएको त्यति ठूलो खर्चको उपलब्धि न्यून देखिएको हो ।

आईएनजीओहरूले विपद् व्यवस्थापनका लागि भन्दै भन्दै बर्सेनि औसत ५ अर्ब रुपैयाँ खर्च गरे पनि सरकारले सो खर्चको पारदर्शिताबारेसमेत कुनै अनुगमन गर्न सकेको छैन। यो समाचार आजको राजधानी दैनिकमा छ ।