राजनीति

सभामुख महराद्वारा प्राकृतिक विपदमा परेकालाई सहयोग गर्न अपिल



काठमाडौँ, ३० असार । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न आग्रह गरेका छन ।

आइतबार सभामुख महराले प्रेस वक्तव्य जारी गर्दै भनेका छन, ‘प्रतिनिधिसभा सदस्यलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु । आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक सङ्घसंस्थारअभियन्ता, राजनीतिक दल तथा सर्वसाधारण सबैमा अनुरोध  छ ।’

यस्ता प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्नतर्फ र विपद् आइपरेमा तत्काल उद्धार एवं राहत कार्यलाई व्यवस्थित गर्न अल्पकालीन र दीर्घकालीन योजना बनाई व्यावहारिकरुपमै लागू गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।

प्राकृतिक विपद्मा परी घाइते हुनुभएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सभामुखले सरकारसँग विशेष अनुरोध गर्दै विनाशकारी प्रकोपमा परी हराइरहेकाको खोजी, प्रभावितको उद्धार र पीडितलाई पुनस्र्थापना एवं राहतका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउन सरकार र सरोकारवाला निकायसँग हार्दिक अपिल गरेका छन ।