सम्पादकीय

बाढीग्रस्त क्षेत्रमा बढ्यो सर्पको डसाइ



बाढी प्रभावित क्षेत्रमा अहिले सर्पको डसाई एक्कासी बढेको छ । सर्पले डसेर सप्तरीको बाढी प्रभावित क्षेत्रका एकैदिन ३ जना घाइते भएपछि बाढी पिडित थप त्रासमा परेका छन् ।

बाढीसँगै बगेर आउने सर्पले डस्दा सोमबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ का ५० बर्षीय रामकिसुन सदा, हनुमाननगर कंकालिनी नगरपालिका ७ का ६२ बर्षीय कृतन मण्डल र राजविराज नगरपालिका १२ का ३६ बर्षीय रामकुमार यादव घाइते भएका छन् ।

बाढीबाट जोगिन घरको खाटमा बसेका उनीहरुलाई बाढीसँगै बगेर आएको सर्पले टोकेको पिडितका आफन्तले बताएका छन् । तिनै जनालाई अहिले उपचारका लागी सदरमुकाम राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।

अस्पतालको आकस्मिक कक्षका अहेव महानारायण यादवका अनुसार गर्मी र ५ दिनदेखिको लगातारको बर्षासँगै आएको बाढीले सर्प जमिनबाट बाहिर आउँदा सर्पदंसका घटना हवात्तै बढेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।