एजेन्सी, ३१ असार । पाकिस्तानले भारतका लागि हवाई क्षेत्र खुल्ला गरेको छ ।
मंगलबारबाट पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणले हवाई क्षेत्र खुला गरेको बताइएको छ । बालाकोट आक्रमणपछि पाकिस्तानले भारतीय विमानका लागि हवाई मार्ग बन्द गरेको थियो ।
भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतीय एयरलाइन अपरेटरहरुले अब छिट्टै पाकिस्तानको हवाई क्षेत्र हुँदै सामान्य मार्ग प्रयोग गर्न थाल्ने छन् । पाकिस्तानको यो कदमले भारतको एयर इन्डियालाई ठूलो राहत मिलेको समाचारमा उल्लेख छ ।
पाकिस्तानको नागरिक उड्ड्यन प्राधिकरणले गएराति पौने १ बजेतिर एयरमेन (नोटाम)लाई एक सूचना पठाएर पाकिस्तानको हवाई क्षेत्र सबै प्रकारका सार्वजनिक उडानका लागि खुल्ला भएको जानकारी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्