एजेन्सी, ३१ असार । युक्रेनमा एमआई–२ हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर जमिनमा औषधि छर्नेक्रममा दुर्घटनाग्रस्त हुदा पाइलटको मृत्यु भएको र उक्त घटनाको युक्रेन सरकारले अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरी प्रवक्ता इल्भिरा बिगानोभाले दुर्घटनाको कारण अझै खुल्न बाँकी रहेको जानकारी दिएको छ ।










प्रतिक्रिया दिनुहोस्