विश्व

पिताले आफ्नै गर्भवती छोरीको चक्कु प्रहार गरि हत्या



एजेन्सी, ३१ असार । भारतको मुम्बईस्थित घाटकामेपर इलाकामा पिताले गर्भवती छोरीको घाँटी काटेर हत्या गरेको  छ ।

दुई दिन अघि भएको २० वर्षे गर्भवती छोरीको आफ्नै पिताले घाँटी काटेर हत्या गरेको अनुसन्धानमा पत्ता लागेको छ ।

प्रहरिका अनुसार युवतीले परिवारको मर्जी बिना केही महिनाअघि विवाह गरेकी थिइन् । यसै कारण रिसाएर शनिबार बेलुका छोरी र पिताको फोनमा बहस भयो । त्यसपछि पिताले छोरीलाई भेट्न बोलाए । भेटेपछि मिनाक्षीले पिताको खुट्टा ढोग्न झुकेका बेला छोरीको अनुहार र टाउकोमा चक्कुले थुप्रैपटक हमला गरे, जसका कारण उनको मृत्यु भयो ।

पुलिसले युवतीको रगतले लत्पत्तिएको शव आइतबार बिहान फुटपाथमा भेटेको थियो । आरोपी पितालाई पक्राउ गरिएको छ ।