काठमाडौँ, १ साउन । सस्तो मूल्यमा सामान पठाइदिन्छु भन्दै अनलाइनबाट विज्ञापन गरी लाखौं रकम ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
मंगलबार खुशिवुबाट खुशिवु नयाँबजार बस्ने भारत उत्तर प्रदेशका ३० वर्षीय आकिव जावेद, क्षेत्रपाटी बस्ने महोत्तरी सोनमा गाउँपालिका-७ घर भएका २० वर्षीय एमडी सगिर शेख र नयाँबजार बस्ने महोत्तरी गौशाला नगरपालिका-५ का २२ वर्षीय यमदादुल मोमिनलाई प्रहरीले पक्राऊ गरेको हो ।
उनीहरुले मोवाईलबाट हवाट्स एप, ईमो, भाइबर, फेसबुक लगायतका सामाजिक संजालहरुमा तारा ग्याजेड्स नामक पेज बनाई बिदेशबाट ब्रान्डेड ल्यापटप, मोवाईल, क्यामेरा, घडी श्रृङगार लगायतका सामानहरु सस्तो मूल्यमा पठाईदिने विज्ञापन गरी ठगी गर्ने गरेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्