समाचार

करेन्ट लागेर दुई जनाको मृत्यु



विराटनगर, १ साउन ।  छुट्टाछुट्टै  ठाउँमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका-५ मा रहेको जनता गृल उद्योगका कामदार भोजपुर देउरालीका २० वर्षीय प्रकाश कार्कीको करेन्ट लागेर मृत्यु भएको हो । खाजा घरको बिग्रिएको होडिङ बोर्ड मर्मत गर्ने क्रममा करेन्ट लागेर कार्कीको मृत्यु भएको हो ।

त्यस्तै सुनसरीको इनरुवा नगरपालिका-८ का १८ वर्षीय अजय मेहताको पनि करेन्ट लागेर मृत्यु भएको छ । बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।