काठमाडौँ, ३ साउन । राजधानीको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा स्रोत नखुलेको रकम भेटिएको छ। सहकारीमा कांग्रेस नेता मोहनबहादुर बस्नेतको ६१ करोड रुपैयाँ स्रोत नखुलेको सम्पत्ति भेटिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वसञ्चारमन्त्री समेत रहेका बस्नेतले प्रणामी सहकारीमा राखेको उक्त रकमको अध्ययन सुरु गरेको छ। विभागले सो रकम झिक्न नमिल्ने बनाएको छ । बस्नेतले कर छलीको रकम सहकारीमा जम्मा गरेको विभागको आशंका छ। यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्