सुनसरी, ३ साउन । सुनसरीमा पानी जमेको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।
बिहीबार साँझ गढी गाउँपालिका–५, तिन मोहडीमा १० प ४८७१ नम्बरको मोटरसाइकल खाल्डोमा खस्दा चालक सोही गाउँपालिका–६ का ३० वर्षीय राजेश्वर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल खाल्डोमा खस्दा गम्भीर घाइते भएका उनको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो । यस्तै दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
उक्त दुर्घटनाबारे थप अनुसन्धान भईरहेको इलाका हरी कार्यालय छिटाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्