समाचार

लागूऔषधसहित एक जना पक्राउ



स्याङजा, ४ साउन । स्याङजामा अवैध लागूऔषधसहित एक जना पक्राऊ परेका छन् ।

बिहीबार दिउँसो वालिङ नगरपालिका-८ बाट लागूऔषध डाईजेपाम ३१ एम्पुल, फेनारगन ३१ एम्पुल, नोर्फिन २५ एम्पुल र नाईट्राभेट ट्याबलेट ६ पिससहित अर्जुन चौपारी गाउँपालिका-२ का  २२ वर्षीय अरबिन परियारलाई प्रहरीले पक्राऊ गरेको हो ।

परियारमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।