काठमाडौँ, ४ साउन । मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)अघि पोखरा रंगशाला पुनःनिर्माण पुरै नसकिने भएको छ ।
निर्माण कम्पनीले कात्तिकसम्म आंशिक रुपमा निर्माण सम्पन्न गर्ने युवा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराएको हो । सागअन्तर्गत महिला फुटबल पोखरा रंगशालामा हुँदै छ । मन्त्रालयमा शुक्रबार भएको बैठकमा कम्पनीका प्रतिनिधिले साग नरोकिने गरी निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
बैठकका निर्णयबारे जानकारी दिँदै राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का कार्यकारी सदस्य राजेश गुरुङले सागका खेल नरोक्न सबै सरोकारवाला सकारात्मक भएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्