धनुषाकी एउटी महिलाले आफ्नै छोरीमाथि बलात्कार गर्न स्थानीय एक पुरुषलाई साथ दिएको घटना सार्वजनिक भएको छ ।
भंगहा नागरपालिकी एक आमाले आफैंले जन्म दिएकी १२ वर्षीया बालिका छोरीमा बलात्कार गर्न स्थानीय ४० वर्षीय सीताराम महतोलाई साथ दिएको घटना बाहिरिएसँगै सबैको होस उडेको छ । रोजगारीको प्रलोभन देखाई आफ्नै आमाले जनकपुर लाने भनी भारतको दिल्ली पु¥याएर आफूले समेत अनैतिक सम्बन्ध राख्दै आएका सीतारामसँग यौन सम्पर्क गर्न लगाएको पीडित बालिकाले बताएकी छन् ।
दलित समुदायकी ती बालिकालाई आमाकै मिलेमतोमा सीतारामले दिल्ली पु¥याएर १५ दिन बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् । ‘दिल्लीमा आमाकै अगाडि दिनदिनै बलात्कार गथ्र्यो,’ पीडित बालिकाले भनिन्, ‘आमा केही भन्दिनथिन् । उल्टै मलाई गाली गर्थिन् । प्रतिकार गर्न खोज्दा ज्यान मार्ने, काटिदिनेलगायत अनेकखाले धम्की दिइन्थ्यो ।’ याे खबर आजकाे नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्