काठमाडौँ, ६ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध प्रतिबन्धित लागूऔषध आइस एम्फेटामाइन लुकाइछिपाइ पोर्चुगल लैजान लागेको अवस्थामा एक पोर्चुगलका नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राहदानी नम्बर सीए ७०१२९३ वाहक २५ वर्षीय टिगो मेन्डिस परेरा रहेका छन् । परेराको साथबाट प्रतिबन्धित लागूऔषध आइस एम्फेटामाइन ४ किलो २ सय ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद भएको लागूऔषधको बजार मूल्य चार करोड रुपैयाँभन्दा बढि रहेको प्रहरीको दावी छ ।










प्रतिक्रिया दिनुहोस्