एजेन्सी, ६ साउन । भारतको उत्तर प्रदेश राज्यमा तीन वटा टाउको भएको एक शिशुको जन्म भएको छ ।
जुलाई ११ मा उत्तर प्रदेशको इटाहा जिल्लाको एक प्राथमिक स्वास्थ केन्द्रमा शिशुको जन्म भएको हो । शिशुको मुख्य टाउकोबाट दुई वटा अलग टाउको जस्तो भाग देखिएको छ ।
बच्चाको थप उपचारका लागि उनको जन्म भएको प्राथमिक केन्द्रमा पर्याप्त सुविधा नभएकाले उनलाई जिल्ला इटाहा अस्पताल रिफर गरिएको थियो ।
डाक्टरहरुले बच्चाको एमआरआई गर्ने र नवजात शिशुको दिमागको वास्तविक अवस्था पहिचान गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्