सुनसरी, ६ साउन । सुनसरीको बर्जु गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गए राति भएको दुर्घटनामा परी मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–२ का धीरेन यादव रहेको सुनसरी प्रहरीले जानकारी दिएको छ । बिआर ३८ एफ ८९३८ नम्बरको भारतीय मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते भएका यादवको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्