राजनीति

मिडिया काउन्सिल विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध गर्ने सभापति देउवाको चेतावनी



काठमाडौँ, ६ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान रहेको बताएका छन ।

सोमबार काठमाडौँमा वीपी जयन्तिको अवसरमा सहीद स्मृति प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी विधेयक परिमार्जन नगरे सरकारविरुद्व आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

सभापति देउवाले विपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढदा मात्रै मुलुकमा समृद्धि आउने विश्वास व्यक्त गरे ।