सम्पादकीय

काठमाडाैँका सडककाे धुलाेबाट महानगरले ‘इँटा’ निर्माण गर्ने



काठमाडाैँ महानगरपालिकाले दैनिक ब्रुमर चलाएर संकलन गरेको धुलोबाट इँटा उत्पादन हुने भएको छ ।

महानगरपालिकाले पाँचवटा ब्रुमरबाट दैनिक १० टनसम्म धुलो संकलन गर्दै आएको छ। उक्त धुलोबाट इँटा बनाउने विषयमा छलफल भइरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

‘धुलोलाई के र कसरी प्रयोग गर्ने भनेर छलफलमै छौं,’ उनले भने । महानगरको उक्त धुलोलाई खाल्टाखुल्टी पुर्ने र माटो आवश्यक परेको ठाउँमा प्रयोग गर्दै आएको छ । याे खबर आजकाे अन्नपूर्ण पाेस्टमा छ ।