काठमाडौँ, ७ साउन । देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक दुई स्थानमा आगामी २४ घण्टा भारी वर्षाको सम्भावना रहेको मौसम पूवार्ननुमान महाशाखाले जनाएको छ ।
आज इलाम, झापा, मोरङ्ग, सुनसरी, चितवन, पर्सालगायत आसपासका जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको छ । सो क्षेत्रका नदीमा आकस्मिक वहाव आउन सक्ने भएकोले तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाउँन समेत महाशाखाले आग्रह गरेको छ ।
आज दिउँसो देशको पुर्वी र मध्य भु-भागमा पुर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पुर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुनेछ। देशको पुर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना रहेको जनाएको छ । त्यस्तै राती देशको पूर्वी र मध्य-भागमा सामान्य बदलि देखि पूर्ण बदली साथै पश्चिमी भु-भागमा सामान्य वदली रहि पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षा हुने साथै देशको पूर्व र मध्यका केहि स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारि वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै बुधबार देशभर सामान्य देखि पूर्ण बदली रहि अधिकांश स्थानहरुमा वर्षा हुनेछ। देशका केहि स्थानहरुमा भारि वर्षा साथै एक दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बिहिबार देशको पश्चिम तथा मध्य भूभागहरुमा सामान्य देखि पूर्ण बदली र पूर्वी भूभागमा सामान्य बदली रही देशका पश्चिम तथा मध्यका अधिकांश स्थानहरुमा र पूर्वी भूभागको केहि स्थानहरुमा मेग गर्जनका साथ वर्षाको सम्भावना रहेको साथै देशको पश्चिम तथा मध्यका थोरै स्थानहरुमा र पूर्वीका १र२ स्थानहरुमा भारीको सम्भावन रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्